दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समुहका कर्मचारीद्वारा सिंहदरबारभित्रै बिरोध !

काठमाडौं, १६ पुस । सरकारले दरबन्दी स्वीकृतिमा विभेद गरेको भन्दै लेखा समूहका कर्मचारीले सिंहदरबारभित्रै आन्दोलन थालेका छन् ।

हातमा कालोपट्टी बाँधेर प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रै उनीहरुले काम गरेका हुन् ।

दरबन्दी स्वीकृत हुँदा लेखा समूहमा प्रदेश र स्थानीय तहमा धेरै संख्या दिइयो, केन्द्रमा चाहिनेजति पनि राखिएन । त्यसैको विरोधमा आज कालोपट्टी बाँधेर काम गरेका एक कर्मचारीले बताए ।

लेखा समूहअन्तर्गत प्रदेश अनि स्थानीय तहमा अनावश्यक भएको संख्याको केन्द्रमा दरबन्दी हुनुपर्ने उनीहरूको माग रहेको छ ।