कुवेतबाट आयो अत्यन्तै दुखत खबर, बेलुका सन्चै सुतेका बिष्णु बिहान ओछ्यान मै मृत भेटीए

कुवेत, ३० कार्तिक । बैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा कार्यरत एक नेपाली युवकको दुखत निधन भएको छ । झापा माइधारा स्थायी घर भएका ३७ बर्षिय बिष्णु घिमिरेको आज शुक्रबार निधन भएको हो ।

बिगत ७ वर्ष देखि कुवेतमा कार्यरत घिमिरे सुतेको अवस्थामै मृत फेला परेका हुन् । बिहिबार राती जिलिब स्थित साथीको कोठामा सुतेका उनलाई बिहान मृत पाईएको झापाली समाज कुवेतका सचिव प्रेम झापालीले जानकारी दिएका छन । उनले अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको उनको साथीहरुले बताएका छन । बेलुका सन्चै सुतेका उनलाई बिहान मृत भेटिए पछि स्थानीय प्रहरीलाई खबर गरिएको थियो ।

अहिले मृतक घिमिरेको शवलाई पोस्टमार्टमका लागी अस्पताल लागिएको छ । कुवेतमा एजिलिटी कम्पनिमा सवारी चालकको रुपमा कार्यरत घिमिरेको श्रीमती र एक छोरा पनि छन् ।