कादर खानको मृत्यु भएको भन्ने खबर झुटो, उनका छोराले दिए यस्तो स्पष्टिकरण !

एजेन्सी, १६ पुस । चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ ।

एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट पारेका छन् ।

भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले नै आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो ।

ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ ।

त्यही खबरलाई आधार मानेर धेरैले कादरको मृत्यु भएको हल्ला फैलाएका हुन् ।

छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रहको बताएका छन् ।

८१ वर्षीय कादर लामो समयदेखि बिरमी थिए । श्वास लिन समस्या भएपछि उनलाई केहीदिनअघि अस्पताल भर्ना गरिएको बताइएको छ ।