मातृ वियोगमा परेका रबी ओडलाई सान्त्वना दिंदै अमेरिकाबाट सरोजले बनाए यस्तो गीत (भिडियो सहित)

काठमाडौँ,१६ पुस । जीवनमा हासिल गरेको महत्वपुर्ण सफलताको खुशी साट्न नपाउदैमातृशोकमा परेका दोस्रो नेपाल आइडल रबि ओडको बारेमा सरोज अधिकारीले मन छुने गीत बनाएका छन् ।

लामो समय देखि अमेरिकाको केन्टकी राज्यमा बस्दै आएका गायक सरोज अधिकारीले रबिलाई सान्त्वना दिँदै भावुक गीत बनाएका हुन् ।

जन्मदिने आमालाई सानैमा गुमाएका रवीलाई सौतेनी आमा बनेर आएकी आमाले रबि र उनको भाइ बहिनीको हेरचाह गर्दै आएकी थिइन् । तर रबि नेपाल आइडल भएर खुसी बोकेर घर नपुग्दै आमाको करेन्ट लागेको मृत्यु भयो । बाल्यकाललमा रबिको मातृत्व लुटेको दैवले रबिको परिवारमा के थोरै खुसी आउन नपाइ रबिलाई फेरि मातृशोक परेको छ ।

जन्मदिने आमा नभएपनि आमाको कमी हुन नदिई हुर्काएकी आमाको पनि मृत्यु भएपछि रबिको परिवारमा ठूलो शोक परेको छ ।