बलिवुडका लेजेण्ड अभिनेता कादर खानको क्यानाडामा निधन ? छोराले गरे यस्तो अपिल

एजेन्सी । बलिवुडका लेजेण्ड अभिनेता कादर खानको क्यानाडामा निधन भएको सनसनीपूर्ण खबर आएपछि उनको छोराले वास्तविकता बताएका छन । भारतीय मिडियाहरुले अभिनेता कादर खानको मृत्यु भयो भन्दै अनर्गल समाचारलाई भाइरल बनाएपछि छोरा सरफराज खानले बुबाको क्यानाडा स्थित एक अस्पतालमा उपचार भइरहेको तर उहाको मृत्यु नभएको स्पष्ट पारेका छन ।

८१ वर्षीय कादर खानको स्वासप्रस्वासमा समस्या भएपछी गत डिसेम्बर २८ देखि अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको छ । उनको स्वास्थ्यलाभको कामना गर्दै बलिवुड अभिनेता अमिताभ बच्चन देखि धेरै कलाकारहरुले ट्वीट गरेका छन ।

करिब ३०० फिल्ममा अभिनय तथा २५० फिल्मको डाइलग लेखिसकेका अभिनेता खान केहि वर्ष अगाडी देखि पार्कीङ्सन रोगको सिकार भएका छन् ।

०००

यो पनि हेर्नुहोस :

दीपिका कक्कड बनिन् बिग बस १२ की बिजेता

आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् ।

उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।

तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए ।

कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।

दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल भए ।

०००

यो पनि हेर्नुहोस :

अल्ट्रसाउण्ड हेर्नासाथ डाक्टरले गर्भपतन गर्न भने पनि आमाले नमानेपछी यस्तो बच्चा जन्मियो कि सबैको होस् हवास उड्यो (तस्बिरसहित)

एजेन्सी ।अमेरिकाको एक दम्पतिले डाक्टरको सल्लाह नमान्दा पछुताउनु परेको छ । ओक्लोहोमा राज्य निवासी यी दम्पतीले गर्भ बसेको १२ औ हप्ता पछी सोनोग्राफी टेस्ट गराएका थिए । त्यति बेला डाक्टरले जे देखे त्यो देखे पछी ति दम्पतीलाई गर्भपतन गर्न सल्लाह दिए । तर गर्भवती आमाले त्यसो गर्न स्वीकार गरिनन् ।

सोनोग्राफी रिपोर्टमा बच्चाको मुख खुलेको थियो । त्यो मात्र हैन बच्चाको मुखबाट केहि चिज बाहिर निस्किएको थियो । जब बच्चा जन्मियो उसको मुख देखेर सबैको होस उड्यो । ति बच्चाको जिब्रो सामान्य भन्दा धेरै ठुलो र बेलुन जस्तै फुलेको थियो । डाक्टरका अनुसार बच्चालाई ब्याकविथ विडेमेन सिन्ड्रोम नामको खतरनाक रोग लागेको थियो जसको कारण उनको धेरै अंग असामान्य थियो ।

अमेरिका जस्तो बिकशित मुलुकको अत्याधुनिक प्रविधिबाट उपचार गर्दै ति बच्चालाई एक महिना लामो उपचार पछी स्वास्थ्य स्थिर बनाइएको खबर छ । तर उनि जीवित भएपनि केहि समयको पाहुना हो भन्ने उनका बुबा आमालाई पनि थाहा छ । अहिले उनि १६ महिनाका भए तर उनलाई क्यान्सर लगायत बिभिन्न रोगले च्यापेको छ । उनलाई केहि समयका लागी भएपनि जीवित राख्न डाक्टरहरुको टोलिले सक्दो कोशिस गरिरहेका छन् । सामान्य परिवारका उनीहरुलाई आफ्नो बच्चाको उपचारमा लागेको खर्च उठाउन नसके पछी सहयोगको अपिल गरेका छन् । अहिले सम्म करोडौ खर्च भैसकेको छ ।

ब्याकविथ विडेमेन सिन्ड्रोम रोग १४ हजारमध्ये १ बच्चालाई हुन सक्ने डाक्टरहरु बताउछन ।