अल्ट्रसाउण्ड हेर्नासाथ डाक्टरले गर्भपतन गर्न भने पनि आमाले नमानेपछी यस्तो बच्चा जन्मियो कि सबैको होस् हवास उड्यो (तस्बिरसहित)

एजेन्सी ।अमेरिकाको एक दम्पतिले डाक्टरको सल्लाह नमान्दा पछुताउनु परेको छ । ओक्लोहोमा राज्य निवासी यी दम्पतीले गर्भ बसेको १२ औ हप्ता पछी सोनोग्राफी टेस्ट गराएका थिए । त्यति बेला डाक्टरले जे देखे त्यो देखे पछी ति दम्पतीलाई गर्भपतन गर्न सल्लाह दिए । तर गर्भवती आमाले त्यसो गर्न स्वीकार गरिनन् ।

सोनोग्राफी रिपोर्टमा बच्चाको मुख खुलेको थियो । त्यो मात्र हैन बच्चाको मुखबाट केहि चिज बाहिर निस्किएको थियो । जब बच्चा जन्मियो उसको मुख देखेर सबैको होस उड्यो । ति बच्चाको जिब्रो सामान्य भन्दा धेरै ठुलो र बेलुन जस्तै फुलेको थियो । डाक्टरका अनुसार बच्चालाई ब्याकविथ विडेमेन सिन्ड्रोम नामको खतरनाक रोग लागेको थियो जसको कारण उनको धेरै अंग असामान्य थियो ।

अमेरिका जस्तो बिकशित मुलुकको अत्याधुनिक प्रविधिबाट उपचार गर्दै ति बच्चालाई एक महिना लामो उपचार पछी स्वास्थ्य स्थिर बनाइएको खबर छ । तर उनि जीवित भएपनि केहि समयको पाहुना हो भन्ने उनका बुबा आमालाई पनि थाहा छ । अहिले उनि १६ महिनाका भए तर उनलाई क्यान्सर लगायत बिभिन्न रोगले च्यापेको छ । उनलाई केहि समयका लागी भएपनि जीवित राख्न डाक्टरहरुको टोलिले सक्दो कोशिस गरिरहेका छन् । सामान्य परिवारका उनीहरुलाई आफ्नो बच्चाको उपचारमा लागेको खर्च उठाउन नसके पछी सहयोगको अपिल गरेका छन् । अहिले सम्म करोडौ खर्च भैसकेको छ ।

ब्याकविथ विडेमेन सिन्ड्रोम रोग १४ हजारमध्ये १ बच्चालाई हुन सक्ने डाक्टरहरु बताउछन ।