पूर्व राजा ज्ञानेन्द्रले समाजलाई भाड्ने काम गरे, मन्दिर जान डुल्न कुनै रोक छैन (भिडियो सहित)

काठमाडौँ । नेकपा का नेता तथा संसद झपड रावल ले जनताको अधिकार कुण्ठित गर्ने दुरासयले राजा र राजाबादीहरुले गतिविधि गरिरकोले राजाको गतिबिधीमा नियन्त्रण गर्न सरकारलाई आफुले सचेत गराएको उल्लेख गरेका छ्न । ब्यक्ति गत रुपमा एक नागरिकका हिसाबले नागरिक को अधिकार उपयोग गर्न पुर्वराजालाई स्वतन्त्र अधिकार भए पनि उन्का सुन्ड मुसुन्ड र प्रेतात्माहरुलाई लोकतान्त्रिक गणतन्त्र बिरुद्ध गिद्दे नजर लगाउदै फाँसी र मुर्दाबादका नारा लगाउने गैरकानुनी अधिकार नरहेको उल्लेख गरेका छ्न । मुलुकलाई बर्तमान सरकारले कुनै हालत मा दुर्घटनामा पर्न नदिने उल्लेख गर्दै प्रतिक्रियाबादी ,प्रतिक्रान्तिकारी गतिविधि गर्ने तत्वले उदन्ड शैली ले नभइ पार्टी खोलेर जनता का बिचमा लोकतान्त्रिक मूल्य मान्यता अनुरुप अगाडी बढ्ने आट गर्नु पर्ने भन्दै आट र रहर भए पार्टी को नेतृत्व गरेर जनताको मन जितेर लोकतान्त्रिक परिपाटी अनुरुप अगाडी बढ्न पुर्व राजालाई चेतावनी दिएका छ्न ।