इलाममा एकाबिहानै गाडीले किचेर ७२ वर्षीय वृद्धको मृत्यु

मङ्गलबारे, १६ पुस । इलाममा आज बिहान गाडीले किचेर एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्लाको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा गाडीले किचेर ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

लुङसुङदाङबाट इलाम जाने गाडी सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा उनलाई किचेको हो ।

गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।