यी हुन् सन २०१८ को विश्व कै सबै भन्दा सुन्दर महिलाहरु (तस्बिर सहित)

काठमाडौँ । यो संसारमा महिलाहरुको महत्वपूर्ण स्थान छ । उनीहरु फरक फरक उमेर, साइज र परम्परामा हुन्छन । सच्चाइ यो हो कि यिनी सबै महिलाहरुको प्राकृतिक विशेषताको रूपमा सुन्दरता छ। तर ति महिलाहरुको भिडमा २०१८ को सबै भन्दा सुन्दर महिला को होला ? ति महिलाहरु दुनियाको लागी रोल मोडल र सबै महिलाहरुको प्रतिनिधित्व गर्ने समाजको अनुहार हो। यहाँ २०१८ को सबै भन्दा सुन्दर महिलाहरुको नाम बिगतमा उनीहरुले गरेको क्रियाकलापको आधारमा निर्धारण गरिएको छ ।

२०१८ को सबै भन्दा सुन्दर १० महिलाहरु यसप्रकार रहेका छन् :

१. सेलेना गोमेज

२०१८ को सबै भन्दा सुन्दर महिलाको लिस्टमा पहिलो स्थान छ सेलेना गोमेजको । आफ्नो करियर एक इनोसेन्ट देखिने क्युट केटिको रुपमा सुरु गरेकी सेलेना गोमेज अमेरिकन गायिका तथा अभिनेत्री हुन् । सानो छदै डिज्नी च्यानलमा आएपछी उनि एकाएक विश्व भर चर्चित बनेकी थिइन । उनलाई कहिल्यै नलाजाउने महिलाको रुपमा पनि चिनिने गरिन्छ । निक्कै सानो उमेर देखि आफ्नो करियरलाई झन् स्थापित गर्दै ल्याएकी सेलेना अहिले २६ वर्षकी भइन ।

२. लिजा सोबेरानो

फिलिपिन्सकी लिजा सोबेरानोको सुन्दरता अन्य सुन्दरीहरुको भन्दा निक्कै फरक छ । उनलाई विश्व कै सुन्दरी भन्दा पनि फरक पर्दैन तर उनि यो लिस्टको दोश्रो नम्बरमा परेकी छन् । उनि चलचित्र अभिनेत्री, टेलिभिजन सेरिजकी निक्कै चर्चित अनुहार मध्यमा पर्दछिन । उनको लामो कपाललाई निक्कै सुन्दर मानिन्छ ।

३. नाना ईम जिन-आ

नाना कोरियाको अत्यन्तै चर्चित महिला मध्यमा पर्दछीन । उनि बिगत ३ वर्ष देखि संसारकै सुन्दर महिला मध्यमा पर्दै आएकी छन । उनि के-पप गायिका, चलचित्र अभिनेत्री तथा मोडल पनि हुन् । उनि अहिले २७ वर्षकी भइन ।

४. दिपिका पादुकोण

दिपिका पादुकोण भारतको सबै भन्दा सेक्सी महिलाको रुपमा चिनिने गरिन्छ । उनले विभिन्न बलिवुड तथा हलिवुड चलचित्रमा अभिनय गरिसकेकी छन । मोडलको रुपमा पनि मल्टीनेसनल कम्पनिहरुमा ब्रान्ड एम्बेसेडरको रुपमा काम गरिरहेकी छन ।

५. पीजी लोट

पीजी लोट निकै चर्चित ब्रिटिश पप गायिका हुन् । उनि विगत केहि वर्ष देखि नै विश्वको सेक्सी महिलाको को रुपमा चिनिदै आएकी छन् । उनको करियर सफल हुनुमा पीजीले ह्विटनि हस्टन र मारिय क्यारेलाई रोल मोडल म मान्दछिन ।

६. आम्बर हार्ड

सबै भन्दा सुन्दर महिलाको छैठौ सुचिमा रहेकी छन आम्बर हार्ड । उनि अमेरिकन अभिनेत्री तथा टलिभिजन शोमा पनि अभिनय गर्दछिन । २००४ मा फिल्म फ्राइडे नाइट लाइटबाट डेब्यु गरेकी हुन् । यहि वर्षको अन्त्य तिर रिलिज भएको उनि अभिनित फिल्म अक्वामेनले पनि राम्रो व्यापार गरेको थियो ।

७. प्रियंका चोप्रा

सन २००० की मिस वोर्ल्ड बिजेता प्रियंका चोप्रा हिजो आज बलिवुड मात्र हैन हलिवुडमा पनि निक्कै चर्चित नाम हो । उनि कति सुन्दरी छन भन्ने कुरा त उनी मिस वोर्ल्ड हुदै प्रमाणित भैसकेको छ । तर २०१८ को लिस्टमा भने उनि विश्व कै सातौ सबै भन्दा सुन्दरीमा परेकी छन ।

८. एड्रिना लिमा

ब्राजिलियन हट मोडल तथा अभिनेत्री एड्रिना लिमा विश्व कै आठौ सुन्दर महिलामा पर्न सफल भएकी छन । उनको सौन्दर्यको धेरैले बयान गर्ने गर्दछन । उनको सुन्दरता यति छ की उनि दोस्रो सबै भन्दा धेरै महँगो मोडलको रुपमा परिचित छन ।

९. इमिली क्लार्क

अर्की ब्रिटिस महिला इमिली क्लार्क पनि विश्वको सबै भन्दा १० सुन्दर महिलामा पर्न सफल भएकी छन । उनि हरेक फरक अभिनयलाई निखारताका साथ निभाउन सक्ने अभिनेत्रीको रुपमा परिचित छिन । २००९ बाट आफ्नो करियर सुरु गरेकी इमिली अहिले पनि उत्तिकै स्टारडम राख्न सफल भएकी छन ।

१०. पिया वुर्जबाक

विश्व कै १० सुन्दर महिलाको अन्तिम लिस्टमा पर्न सफल भएकी छन जर्मनीकी पिया वुर्जबाक । उनि २०१५ को मिस युनिभर्स विजेता पनि हुन् । त्यसपछि उनले आफ्नो करियरलाई मोडलिङ र अभिनयमा अगाडी बढाएकी हुन् ।