के हो ‘जेटस्ट्रिम’ ? जसले मुलुकभर चिसो बढायो !

काठमाडौँ, १६ पुस । वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको समाचारमा जनाईएको छ ।

वायुमण्डलका माथिल्लो भेग हुँदै तीव्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र भारतको उत्तरपश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार भारतीय भूमिबाट चीनको तिब्बततर्फ बहने तीव्र गतिको युरोपेली वायु नेपालकै भु-भाग भएर बहँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असरले नेपालमा चिसो बढेको हो ।