मालपोत प्रमुखले कार्यालयमै कुखुरापालन गरेपछि …!
रामेछाप, १६ पुस । एक मालपोत कार्यालय प्रमुखले कार्यालय परिसरमै कुखुरा पालन गरेर सनसनी मच्च्याएका छन् ।
मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका हुन् ।
कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गर्दै आएका समचारमा उल्लेख छ ।
कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।