अब घरैमा चम्काउनुहोस् तपाइको दात (भिडियो)

काठमाडौँ । कागती हाम्रो दैनिक जीवनमा प्रयोग हुने खाद्य पदार्थ हो । कागतीलाई खानामा तथा सलादमा बड प्रयोग गर्ने गरिन्छ भने पेय पदार्थमा समेत मिसाएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभिन्न रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग गर्न कागतीको प्रयोग गर्न सकिन्छ ।

कागतीको सही रूपमा प्रयोग गर्न सके दाँतको समस्याबाट समेत राहत पाउन सकिन्छ । दाँतको पहेलोपन हटाउन र दाँतको सुन्दरता कायम राख्नका लागि कागतीको प्रयोग गर्न सकिन्छ । यदी दाँतको पहेलोपनका कारण तनावमा हुनुहुन्छ भने कागतीको प्रयोगले उक्त समस्याबाट तथा तनावबाट मुक्त हुन सक्नुहुनेछ ।

यसका लागि केही विधिहरू भने अपनाउनुपर्ने हुन्छ । केही प्रक्रिया पुर्याएर काम गर्न सके मात्र कागतीले तपाईको दाँतलाई सफा राख्न मद्धत गर्छ ।

– दिनहुँ दुई पटक ब्रश गर्नुस् । ब्रस गरेपछि कागतीको रसमा थोरै पानी मिसाएर दाँतको मसाज गर्ने ।

– सुखा कागतीको बोक्रा पिसेर पाउडर बनाउने र उक्त पाउडरलाई दिनमा एक पटक दाँतमा लगाउने ।

– कागतीको रस र बेकिङ्ग सोडा मिसाएर पेष्ट बनाउने र त्यसले दाँत ब्रश गर्ने । यसले दाँतको पहेलोपन कम हुन्छ ।

– एक चम्चा कागतीको रस र त्यसमा आधा चम्चा नुन मिसाएर दाँतमा मसाज गर्ने ।