सहयोग जुट्दै आयुशालाई, उनको डाक्टर बन्ने सपना (भिडियो सहित)

  • गोपाल काफ्ले पथरी

मोरङ । मोरङ पथरीशनिश्चरे १० कि आयुशा राई अहिले ११ वर्षकी भइन् तर उनि हिड्डुल गर्न भने सक्दीनन । कक्ष २ मा अध्यानरत आयुसा पढ्ने र लेख्ने शक्ती भने अदभुत रहेको छ । १९,२० वर्षको मानिसको जस्तै गफ गर्ने आयूसाको पछि गएर डाक्टर बन्ने सपना छ । उनि जन्मेको ३÷४ महिनामा बाबु बिते पछि मामल बस्दै आएकी आयुसा करिव एक डेढ फिटकी मात्र छिन भने उनकोे दुबै हात खुट्टा लावर जस्तै छन । तर पनि उनि कहिल्यै हरेष नखाई स्कुल जाने गर्छिन । स्थानीय सिदार्थ बोडिङमा पढ्दै आएकी आयुसालाई स्कुलले नै बस्नका लागि कुर्सी बनाईदीएको छ । सार्थी संगि संग खुलेर रमाउने आयुसालाई स्कुलमा सर मिस र सार्थीहरुले सधै हौसला दिने गरेको उनि बताउछिन ।

औषधी उपचारको अभावमा ११ बर्ष देखि शारिरिक अपाङगता भएर बस्नु परेको हजुरामा बताउछीन । पोलियोका कारण आफ्नो हात खुट्टा बिग्रिएको आयुसाको भनाई छ । हजुरआमाको साथमा खेलेरै दिन गुजानु पर्ने र घरको आर्थिक अवस्था अत्न्तै न्यून रहेका कारण आफुले केहि गर्न नसकेको आयुशाकी आमा वशन्ती राई बताउछिन ।