दुर्घटनामा ज्यान गुमाएकी बहिनीको मलामी हिँडेका दाजुको बाटैमा मृत्यु !

तनहुँ, दमौली, १५ पुस । मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको मलामी जान हिँडेका दाजुको बाटोमै ज्यान गएको छ ।

दुर्घटनामा मृत्यु भएकी बहिनीको मलामीका लागि आएका ४४ वर्षीय भक्तबहादुर थापाको बेहोस भएर ज्यान गएको हो ।

तनहुँमा सञ्चालन भईरहेको शुक्लागण्डकी महोत्सव हेरेर फर्कंदै गर्दा ऋषिङ ७ दधिवन घर भएकी प्रमिशा थापाको ग ११ प ५५०२ नम्बरको मोटरसाईकलबाट म्याग्देको निर्मलबस्ती सडकमा खसेर ज्यान गएको थियो ।

भक्तबहादुरको म्याग्देको निर्मलबस्ती नजिकै ज्यान गुमाएकी बहिनी दाहसंस्कारका लागि दमौली आउँदै गर्दा बाटोमै बेहोस भइ मृत्यु भएको हो ।