पदक विजेता राजु सम्मानित गरेको छ

काठमाडाँै, १५ पुस | नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले क्यानाडा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता राजु नगरकोटीलाई आज सम्मान गरेको छ ।

गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जन, डा खगेन्द्र स्पोर्ट्स फाउण्डेशनका संस्थापक डा खगेन्द्र श्रेष्ठलगायतले राजुलाई सम्मान गर्नुभयो ।

राजु विगत १७ वर्षदेखि मकाउमा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत छन् । त्यसका अलावा राजु मकाउ तेक्वान्दो सङ्घमा पनि को–ओर्डिनेटरका रुपमा आबद्ध भइ तेक्वान्दाको प्रशिक्षणमा सङ्लग्न छन् । सम्मानित भएपछि राजुले विदेशिए पनि तेक्वान्दो प्रतिको लगाव र माया नघटेको बताउँदै तेक्वान्दोमै समर्पित रहने बतानुभयो । रासस