सौता भन्दै स्टेजमै गायीका मन्जु पौडेलमाथी हातपात

पोखरा । हिउँद लागेपछि पोखरामा धेरै मेला महोत्सव हुने गर्छन् । महोत्सवको पनि महोत्सव भनिएको लेखनाथ महोत्सव जारी छ । मेलामा लोक दोहोरी, पप कन्सर्ट, हास्य व्यंग्य लगायत मनोरंजनका बिबिध पक्षहरु समेटिएका छन् ।
राजेन्द्र नेपाली र युवराज भण्डारी पोखरामा नाम चलेका हाँस्य कलाकार हुन् । बिगतमा पोखरेली माग्ने बुढा र धुर्मुसका नामबाट उनीहरु परिचित भएपनि पछिल्लो समय आफ्नै नयाँ परिचय बनाउँदै आएका छन् । लेखनाथ महोत्सवम शनिबार उनीहरुले आफ्नो प्रस्तुती राखे । कार्यक्रम संचालन गरिरहेकी गायीका मन्जु पौडेललाई महिलाको भेषमा रहेका राजेन्द्र नेपालीले सौता भन्दै भुताल्छन् । दर्शक त अनौठो मान्दै हाँसिरहेका थिए भने नजिकै रहेका देबी घर्ती र खुमन अधिकारी समेतले हाँसो खेप्न सकेनन् । सौता भन्दै मन्जु पौडेलमाथी नाटकीय रुपमा हातपात भएपनि त्यो केबल मनोरंजनका लागी थियो । पछि नाटकमा श्रीमान बनेका युवराज भण्डारीलाई पनि श्रीमतीको भेषमा रहेका राजेन्द्रले लात हान्दा उनी स्टेजबाटै तल खसे, पल्टीए ।

पोखरामा चिर परिचित उनीहरुको यो हास्यप्रदायक नाटकले दर्शकलाई मनोरंजन दिएको थियो । बिशेषत पोखरालाई कर्मथलो बनाएका र पोखरेली माग्ने बुढा र धुर्मुसको नाम परिचत उनीहरुको जोडीले देशभरका बिभिन्न स्थानहरुमा समेत गएर आफ्नो प्रस्तुती राख्दै आएका छन् । हेरौं यो मन्जु पौडेलमाथी भएको हातपात सहितको हास्यप्रदायक प्रस्तुती ।