खेलकुदमा नेपाललाई एक पछि अर्को सफलता : ९३ देशका २ सय ९३ खेलाडीलाई उछिन्दै नेपाली छोरी सुनमायाले जीतिन (टिएचटी) म्याराथुनको उपाधी !

काठमाडौँ, १५ पुस । खेलकुदमा नेपालले एकपछि अर्को सफलता हात पारिरहेको छ । क्रिकेटमा सन्दिप लामिछाने अष्ट्रेलियामा चम्किरहेका छन् भने फुटबल अन्तर्गत थाइल्याण्डमा किरण चेम्जोङले उत्कृष्ट गोलकिपरको उपाधि जितेका छन् । त्यसैगरी बडीबिल्डर महेश्वर महर्जनले विश्व च्याम्पियन बन्दै स्वर्ण पदक नै हात पारे भने हालै सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथुनको उपाधि पनि नेपालकी चेली सुनमाया बुढाले जितेकी छन् ।

हालै चीनमा सम्पन्न भएको उक्त प्रतियोगितामा बुढाले ९३ देशका २ सय ९३ खेलाडीलाई पछि पार्दै सुनमायाले उपाधी जितेकी हुन् ।

५५ किलोमिटर दूरीको दौडमा सहभागी भएकी सुनमायाले ५ घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर सबैलाई पछि पार्दै उनी प्रथम हुन सफल भएकी हुन् । अमेरिकाकी मेरिडिथ इडवार्जले सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर दोस्रो भएकी छन् भने सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङले तेस्रो स्थान हासिल गरेकी छन् ।

यो भन्दा अगाडी सुनमायाले हङकङमा भएको ५० किलोमिटरको दौडमा एसियान स्काईरनिङ प्रतियोगितामा महिलातर्फ दास्रो भएकी थिइन ।