यात्रु बस पल्टियो, पाँच जना घाइते

सल्यान, १५ पुस । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा पाँच महिला घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम चौहरजहारीका लागि छुटेको ना ४ ख ७१४६ नम्बरको बस सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको नाथेखोला बजारमा दुर्घटनामा हुँदा पाँच महिला घाइते भएका हुन् ।

घाइते हुनेमा सल्यानको कुमाख गाउँपालिका–५ निवासी दिलमाया रोकाय, बनगाड कुपिण्डे–५ निवासी १३ वर्षीया रिता नकाल, रुकुम चौहरजारी–१ निवासी ३१ वर्षीया प्रेमकला न्यौपाने, रुकुम चौहरजारी–५ निवासी २६ वर्षीया प्रमिला पुन, सोही ठाउँकी ३८ वर्षीया मिना मल्ल रहेका छन् ।

घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामाउपचार भइरहेको इलाका प्रहरी कार्यालय सल्लीका ईन्चार्ज प्रहरी नायब निरीक्षक शुसिल रावलले जानकारी दिए ।