हेर्दै आङ सिरिङ हुने अजिङ्गर र किङ कोब्रा बीच घमासान युद्ध ! (भिडियो-सहित)

एजेन्सी, १५ पुस । हेर्दै आङ सिरिङ हुने एक भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । यो भिडियो हो, अजिङ्गर र किङ कोब्राबिचको लडाईको । एकापसमा बेरिएर लडाई गर्दै गरेका यी दुई खतरनाक जीवलाई तीन जना व्यक्तिले छुट्याएका छन् ।

किङ कोब्रालाई विश्वकै सबै भन्दा विषालु सर्पको सूचीमा राख्ने गरिन्छ । यसको एकै डसाईले ठूलै जनवारलाई पनि केहि समयमा नै मृत्युको मुखमा पुर्याइदिन सक्छ ।

यस्तै अजिङ्गर भने विषालु नभई पनि खतरनाक सर्पको जात भित्र पर्छ । सिङ्गै जनवार निल्ने अजिङ्गरले आफू भन्दा साना जे पनि निल्न सक्छ । कहिले काहीं अजिङ्गरले ठूलै जनवारलाई निलेको पनि देख्न सकिन्छ ।

अजिङ्गरको जस्तै किङ कोब्राले पनि आफू भन्दा साना सर्प र जनवारलाई निलेर आफ्नो पेट भर्छ। अन्य जनवार खाएर आफ्नो जीवन चलाउने अजिङ्गर र किङ कोब्रा बीच घम्साघम्सी भएको भिडियो थाइल्याण्डको रहेको छ ।

स्थानीय एक पसल भित्र एक अजिङ्गर र किङ कोब्रा बीच भिडन्त भैरहेको फेला परेपछि पसलका मालिकले वन्यजन्तु उद्धार अधिकारीहरुलाई खबर गरेका थिए ।

आफ्नो मोबाइल पसलमा अजिङ्गर र किङ कोब्रा बीच युद्धनै भएको देखेपछि ३८ वर्षीय नांग कनोकनले तुरुन्तै इमेरजेन्सी विभागलाई फोन गरेर जानकारी गराएकी थिइन् ।

तुरुन्तै उक्त मोवाइल पसलमा पुगेका वन्यजन्तु उद्धार अधिकारीहरुले अजिङ्गर र किङ कोब्रालाई छुटाएका थिए ।

अजिङ्गरले कोब्रालाई बेरेको भिडियोमा देख्न सकिन्छ । उद्धार कर्मीहरु भन्छन्, ”सायद यी दुईलाई नछुट्याईएको भए दुवैको मृत्यु हुन्थ्यो होला ।”

भिडियो हेर्नुहोस् :