वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्रीमाथि मागदाबी सहित ३२ करोड ठगीको मुद्दा

काठमाडौं, १५ पुस । वेभ सर्फरका संचालक सुरेन्द्र क्षेत्रीमाथि ३२ करोड मागदाबी सहित मुद्दा चल्ने भएको छ ।

विदेशी लगानी भित्र्याएर लगानीकर्तालाई ठगी गरेको अभियोगमा पक्राउ परेका क्षेत्रीविरुद्ध ३२ करोडको मागदाबीसहित मुद्दा चलाउने तयारी गरिरहेको हो ।

ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परे पनि उनका दाजुहरु सुमन क्षेत्री र शैलेन्द्र क्षेत्री फरार भएका छन् ।

१७ वर्ष अघि वेलायतका दिनेश विमलनाथनसँग नेपालको इन्टरनेट र आइटीमा लगानी गर्ने भन्दै क्षेत्री दाजुभाइले साढे २ करोड रकम भित्र्याएका थिए। उनीहरुले विमलनाथनलाई सेयरको नक्कली प्रमाणपत्र समेत दिएका थिए । उनीहरुले विमलनाथनको मात्र होइन मलेसियन नागरिक शशिधरणको ६ करोड रकम समेत भित्र्याएका थिए । मलेसियन नागरिक पनि आफू ठगिएपछि प्रहरीमा पुगेका थिए ।

उनको मुद्दा उच्च अदालतमा विचाराधिन छ । ६ महिनाअघि विमलनाथनले आफू ठगिएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी हालेपछि भएको छलफलमा क्षेत्री दाजुभाइले कम्पनी बेच्ने र रकम बाँडफाँड गर्ने बताएका थिए ।

३ महिनाभित्र सबै काम सक्ने भनिएतापनि पछि क्षेत्री दाजुभाइ सम्पर्कमा नआएपछि विमलनाथन फेरि प्रहरीमा पुगेका थिए । सेतोपाटीमा खबर छापिएको छ ।