खुकुरी र चाईनिज पेस्तोलसहित तीन जना पक्राउ, अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र पनि बरामद!

काठमाडौं, १५ पुस । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौंको जडिबुटीबाट खुकुरी र चाईनिज पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी, धादिङकै केदार अधिकारी र काभ्रे स्थायी घर भएका अञ्जन उप्रेती रहेका छन् ।

प्रहरीका अनुसार केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र समेत फेला परेको छ । पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन, ३ राउण्ड गोली र ६ थान घरेलु हतियार (खुकुरी) बरामद गरिएको प्रहरीले जनाएको छ ।