अमेरिकामा रहेका अभिनेता मिथुन चक्रवर्ती अस्पताल भर्ना

एजेन्सी, १५ पुस । बलिउड चर्चित अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य अवस्था बिग्रेपछि अमेरिकाको एक अस्पतालमा भर्ना भएका छन् ।

केही समयदेखि फिल्म र टेलिभिजन च्यानलको रियालिटी शोमा नदेखिएका मिथुन लाई ब्याक पेन’ भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि चिकित्सकहरूले उनलाई केही समय अस्पतालमै उपचार गर्नुपर्ने सल्लाह दिएका छन् ।

मिथुन केही वर्षदेखि सोनी टेलिभिजनबाट प्रसारण हुने डान्स रियालिटी शोमा मुख्य जज बन्दै आएका छन् । शोमा उनले बोल्ने ‘क्या बात क्या बात क्या बात…’ निकै लोकप्रिय छ ।

मिथुनलाई उनको छोरा मिमोह र बुहारी मदालसा शर्माले हेरचाह गरिरहेका छन् ।