रामबहादुर बम्जनको बारेमा कार्यक्रममै पक्ष–विपक्षबीच हात हालाहाल (भिडियो)

काठमाडौं, १५ पुस । सानै उमेरमा बाराको हलखोरीया जंगलमा तपस्या गरेर एकाएक चर्चामा आएका राम बहादुर बम्जन हिजो आज विवादित भएका छन । आँफूले सृष्टीको सम्पूर्ण रहस्य बुझेकाले आँफू गौतम बुद्ध भन्दा पनि माथि रहेको दाबी गर्दै आएका कथित लिटिल बुद्ध रामबहादुर बम्जन माथि यौन शोषण तथा बेपत्ता बनाएको आरोप लागेको छ । तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको पक्ष र विपक्षबीच प्राईम टाईम्स टेलिजिनको “जनता जान्न चाहन्छन्” कार्यक्रममै हात हालाहाल भएको छ । बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले शुक्रबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सरकारसमक्ष आग्रह गरेका छन् । पत्रकार ऋषि धमलाले शुक्रबार साँझ दुवै पक्षलाई राखेर बहस चलाएका छन् । उक्त बहसमा बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनलाई फटाहा भनेपछि बमजनका समर्थक मणि लामाले भने उनलाई महान तपस्वी र धर्मगुरुको संज्ञा दिए । यही क्रममा दोर्जे लामा र मणि लामाबीच झण्डै हात हालाहाल भएको छ ।

भिडियो हेर्नुहोस :