‘सिम्बा’को राम्रो व्यापार, पहिलो दिनको कमाइ २० करोड ७२ लाख

मुम्बई । बलिउड अभिनेता रणवीर सिंहद्वारा अभिनित ‘सिम्बा’ले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।

२८ डिसेम्बर शुक्रबार प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमा नै २० करोड ७२ लाख रुपियाँको कारोबार गरेको छ ।

रणवीरले अभिनय गरेका मध्ये ‘सिम्बा’ पहिलो दिनमा धेरै आम्दानी गर्ने पहिलो चलचित्र बनेको छ । यसभन्दा अगाडि प्रदर्शनमा आएका अरु चलचित्रको रेकर्ड पनि तोडेको छ ।

रणवीरको चलचित्र पद्मावतले १९ करोड, गुण्डेले १६ करोड १२ लाख, गोलियोकी रासलीला–रामलीला १६ करोड र बाजीराव मस्तानीले १२ करोड ८० लाख पहिलो दिन संकलन गरेको थियो ।

ट्रेड एलालिस्ट तरण आदर्शले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘दोस्रो दिनमा पहिलो दिनको भन्दा राम्रो संकलनको सम्भावना छ ।’

चलचित्रमा रणवीरसँगै सारा अलि खान पनि छिन् । सोनु सूद चलचित्रको भिलेन पात्रको भूमिकामा छन् ।

सारा अलि खानको यो दोस्रो चलचित्र हो । योभन्दा अगाडि उनले अभिषेक कपूरले निर्देशन गरको चलचित्र केदारनाथमा काम गरेकी छिन् । एजेन्सी