पर्यटकीय गन्तव्य मुस्ताङमा गायिका अन्जु पन्तको तस्बिर देखाएर इसाई धर्मको प्रचार (तस्बिर सहित)

काठमाडौँ । वरिष्ठ गायिका अन्जु पन्तको फोटो राखेर पर्यटकीय जिल्ला मुस्ताङमा इसाई धर्मको प्रचार प्रसार भइरहेको पाइएको छ । IFGF नेपाल र मुस्ताङ इसाई समुदायको आयोजनामा बृहत प्रार्थना सभा साथै  सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राखिएको रहेको छ ।

IFGF भनेको International Full Gospel Fellowship को छोटो रुप हो। यसको उद्देश्य जति सक्दो धेरै देशमा जति सक्दो धेरै चर्चहरु बनाउने हो। यस कार्यक्रमको मुख्य अतिथी गायिका अन्जु पन्त र डानियल हानाफी रहेका छन् । डानियल इसाई धर्म प्रचारक हुन् र नेपालसँगै भारत, पाकिस्तान, अफ्रिका क्षेत्रको प्रत्यक्ष सुपरभाइज गर्छन्।

मुस्ताङमा एक बिजुलीको भित्तामा टासिएको पोस्टर, तस्बिर : माइसंसार

उक्त पोष्टरमा प्रवेश निशुल्क ठुलो अक्षरमा लेखिएको छ । त्यसै गरी कार्यक्रममा ‘रोगी बिरामीहरुको निम्ति प्रार्थना गरिनेछ’ पनि लेखिएको छ। मुस्ताङ जस्तो अत्यन्तै थोरै जनासंग्ख्या भएको जिल्लामा समेत इसाई धर्मको प्रचार प्रसार जोडतोडले भएको देखिन्छ । हुनत अन्जु पन्तले यसप्रकारको कार्यक्रममा यस अघि पनि भाग लिइसकेकी छिन । एक कार्यक्रमको झलक तल हेर्नुहोस :

देश कै वरिष्ठ गायिका अन्जु पन्तको फोटो राखेर स्थानीय बटुल्न जुक्ति रचेको स्पष्टै देखिन्छ । तर अन्जु पन्तले आफू इसाई धर्मावलम्बी भएको सार्वजनिक गरिसकेकी छिन्। २०७१ सालमा ‘दुर्गा माताको आर्शिवादले, सोचे झै पुग्दै जाओस्’ बोलको गीतमा हिन्दु शब्द रहेको भन्दै गाउन नमानेको घटना सार्वजनिक भएपछि उनको निकै आलोचना भएको थियो। पछि उनले यस विषयमा माफी समेत मागेकी थिइन्।

मुस्ताङमा एक बिजुलीको पोलमा टासिएको पोस्टर, तस्बिर : माइसंसार

गायिका अन्जु पन्तका धेरै गितहरु हिट छन् । ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई…’ बोलको गित संगै उनको चर्चा सुरु भएको अहिले आएर उनले गाएको हरेक फिल्मको गित हिट छ । फिल्मको मात्र हैन एल्बमका गितहरु पनि उत्तिकै हिट छन । देश कै गहना कलाकार अन्जु पन्तलाई एउटा धर्मको प्रचारका लागी प्रयोग गरिनु कति सम्म सहि होला? सम्बन्धित पक्षले विचार गर्नु पर्ने कुरा हो ।