परिवारलाई पोखरामा छाडेर पारस जन्मदिन मनाउन एक्लै चितवनतिर लागे

काठमाडौं, १५ पुस । पुर्व युवराज पारस शाहले आफ्नो प्रत्येक जन्मदिन छोराछोरीसंगै मनाउने गरेका थिए तर यो बर्षको जन्मदिन भने साथीहरुसंग मनाउने भएका छन् ।

पुस १५ गते आफ्नो ४९औं जन्मदिन मनाउन उनि शनिबार नै उनका नजिकका साथीहरुसंग चितवन पुगेका हुन् ।

उनको साथमा साथीहरु राजेश सिह, सितल सिह लगायत आफ्ना नजिकका साथीहरू सहभागि भएका छन् ।

पुर्व राजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गरेका थिए । ‘आमा कोमल, श्रीमति हिमानी, छोरीहरु पुर्णिका, किर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन गएका छन्’–स्रोतले भन्यो ।

यही पुस १७ गते अग्रेजी नया वर्ष र छोरा पारसको जन्मदिन मनाउने योजनासहित पुर्वराजाको परिवार पुस २ गतेदेखि पोखरा निर्मल पोखरीस्थित माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा बस्दै आएको थियो । श्रीमानको जन्मदिन मनाउन पुर्व युवराज्ञी हिमानी शाह थाइल्याण्ड बस्दै आएका दुई छोरी र छोरा हृदयन्द्रसहित गएको १० गते पोखरा पुगेकी थिइन् ।