माछा खानुको फाइदै फाइदा !

माछा एउटा पानीमा बस्ने जीव हो । खसी , कुखुराको मासु जस्तै माछाको मासुको पनि बडी प्रयोग हुने गर्छ । माछाको मासु खसीको मासुभन्दा अलिक सस्तो हुने गर्छ । यसको स्वाद निकै मिठो हुने गर्छ । माछाले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यो हाम्रो स्वास्थ्यको लागी खसीको मासु भन्दा निकै फाइदाजनक छ ।

माछाले हामीलाई पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१) डिप्रेसन हुन दिदैन : यसमा पाइने वमेगा थ्रीले हाम्रो दिमागलाई ताजा बनाई राख्न मद्धत गर्छ यसले गर्दा हाम्रो दिमागमा अनावस्यक तनाब आउदैन । त्यसैले माछा खानाले हामी डिप्रेसनदेखी टाढा रहने गर्छौं ।

२) मुटु स्वास्थ्य : यसमा पाइने प्रोटिनले हाम्रो नशामा कोलेस्ट्रोलको मात्रा बढ्न दिदैन । जसले गर्दा हामीलाई हृदयघात हुने , मुटु सुन्निने जस्ता रोगहरु लाग्ने गर्दैन । हाम्रो मुटु सधै स्वास्थ्य रहने गर्छ ।

३) आँखा तेज हुन्छ : यदि गर्व अवस्थामा आमाले प्रसस्त मात्रामा माछा खाने गरेको छ भने यसमा पाइने वमेगा थ्रीले पछि बच्चाको आँखा तेज बनाउन मद्धत गर्छ ।

४) दमको रोगबाट बचाउँछ : विभिन्न अध्ययनले माछा खाने व्यक्तिलाई दमको रोग हुने सम्भावना कम हुने गरेको देखाएको छ ।

५) दिमागलाई फाइदा : माछा खाने गर्नाले दिमागलाई धेरै फाइदा पुग्ने गर्छ । यसमा पाइने वमेगा थ्रीले हामीलाई विभिन्न बिर्सने बानीहरुदेखी टाढा राख्ने काम गर्छ ।

६) मधुमेहलाई फाइदा : माछाले हाम्रो शरीरमा ग्लुकोजको मात्रा सन्तुलन रुपमा राख्न मद्धत गर्छ यसले गर्दा मधुमेह भएका बिरामीको लागी माछाको सेवन निकै फाइदाजनक हुने गर्दछ ।

७) क्यान्सरको सम्भावना कम : माछामा पाइने वमेगाले प्रोस्ट्रेट क्यान्सर , स्तन क्यान्सर हुन देखी टाढा राख्ने गर्छ ।