राति सिरानी मुनि लसुन राख्दा फाइदै फाइदा हुन्छ जानी राखौँ

एजेन्सी । हामी सबै यो कुरा जान्छौं कि लसुन हाम्रो पृथ्वीमा सबैभन्दा स्वस्थ खानेकुरा भित्रको एक महत्वपूर्ण चीज हो । यो कैयौ पोषक तत्वले भरिएको छ जो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक छ । यसकारण तपाईले लसुनको सेवन हरेक विहान गर्नुपर्दछ । जस्तो कि हामी सबै जान्दछौं कि लसुनले हामीलाई कैयौं विरामीबाट बचाउँछ । जस्तै लिभरको विरामीबाट रक्षा गर्छ ।
गंजपनबाट बचाउँछ र कैयौ रोगबाट हामीलाई सुरक्षित राख्छ । लसुन हाम्रा शरीरका धमनी (नली) सफा राख्छ र हाम्रो रगतलाई शुद्ध गर्छ । जुकाम र फ्लूबाट राहत दिन्छ । अन्य कैयौ रोगमा पनि एकदमै उपयोगी छ । लसुनलाई सिरानीको तल किन राख्ने ?

सायद तपाईले सुन्नुभएको होला धेरै मानिसहरु लसुनलाई सुत्नुभन्दा पहिला राम्रो निन्द्राका लागि आफ्नो सिरानीको तल राख्छन् । कैयौं मानिस सौभाग्यका लागि आफ्नो खल्तीमा राख्छन् । संसारमा कैयौ मानिस लसुनले धूपदान र भाडाहरु सफा गर्छ नकारात्मकता दूर राख्नका लागि । यसैकारण तपाईले लसुन आफ्नो खल्ती वा सिरानीको मुनी राख्नुपर्दछ ।

यसबाट तपाईलाई राम्रो निन्द्रा मिल्नेछ र वरपरको नकारात्मक उर्जा हटाउँछ । काँचै खानुस् लसुन चिकित्सकका अनुसार विभिन्न रोगहरुबाट बचाउने लसुन काँचै खानुपर्छ । यसरी खाँदा लसुनमा रहेको औषधिय गुणले शरीरमा पूर्ण रुपमा काम गर्छ । काँचै खाँदा अमिलो जस्तो लागे पकाइसकेर खान ठिक्क पारेको तरकारीसँग मिसाएर खानुपर्छ । पकाएर खाँदा त्यसमा रहेको औषधिय गुण धेरैमात्रमा नष्ट हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।