जापान टुरका लागि रबि आज काठमाडौं जादै ! कर्मदिने आमाको देहान्त पछी आफ्ना मनको व्यथा फेसबुकमा यसरी पोखे !

काठमाडौँ। जापान टुरका लागि रबि वड आज काठमाडौं जादै छन् । रविले जन्म दिने आमाको माया। अनी साथ नपाए पनि कर्म दिने आमाको माया पाइरहेका थिए । तर कर्मदिने आमासितको खुशी साँट्न नपाउँदै आमाको देहान्त भयो ।

सामान्य घरपरिवारमा हुर्केका रबी एपनिवान टेलिभिजनद्वारा आयोजित नेपाल आइडल सिजन २ मा सहभागी भए । रबीका शुभचिन्तकको मायाले रबीनेपाल आइडल बने र आमा बुवासंग शुसी साँट्ने सपनामा थिए । रबीले आमा बितेपछि आफ्ना मनका व्यथा यसरी फेसबुकमा पोखिरहेका छन् । साँच्चै म दुनिया को अभागी छोरो रहेछु कहिले पनि मेरो भाग्य मा आमा नरहेछन मैले के गल्ती गरेको थिए र पापी दैब तैले मलाइ यस्तो अबस्था मा पुगाएर छोडिस । अलि कति के हास्न थाले थे । राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले, मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ ।

आमा हजुर जस्तै जीवनमा निस्वार्थ प्रेम गर्ने ब्यक्ती मेरो जीवनमा कोही आउदैन यसरी छोडी गयौं आमा हजुर ले म मेरा दुख अनि वेदना कसलाई भनु अब त हाम्रो घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन ।