राजनीतिक प्रतिस्पर्धा विकासका लागि हुनुपर्छ ः नेता बडू

बैतडी, १४ पुस | नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ बैतडीका विद्यार्थी नेतासँग आज यहाँ भएको भेटघाटमा उहाँले भन्नुभयो, “राजनीतिक दलहरुबीच अब विकासमा प्रतिस्पर्धा हुनुपर्दछ ।”

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता बडूले काङ्ग्रेस बलियो प्रतिपक्षीको भूमीकामा रहेको उल्लेख गर्दै काङ्ग्रेसको नेतृत्वमा बनेको संविधानलाई काङ्गे्रसले रक्षा गर्नुपर्छ भन्नुभयो । रासस