बिगतमा मन्त्रि हुदा साइकल र टेम्पोमा मन्त्रालय गएर चर्चामा आएका लालबाबु पण्डितको अहिले छ घर देखि मन्त्रालय सम्म गाडीको लस्कर

काठमाडाैं। लालबाबु पण्डित भने पछी सोझा र धनसम्पत्तिको मोह नभएको कम्युनिष्ट नेता भनेर धेरै ले चिन्ने गर्दथे । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका थिए सवारीसाधनका नाममा पुरानो साईकलमात्र । त्यहि भएर त्यतिबेला सादगी नेता भनेर उनको प्रशंसा भयो ।

तर यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी कममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

उनी मन्त्रालयले उपलब्ध गराउको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलार्य गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । त्यसै त जनताले नेताहरु प्रति विस्वास गर्न छोडेको बेला सादगी नेताको पनि यस्तो रबैया देखे पछी देख्ने सुन्नेहरु चकित परेका छन् ।