नेपाल आइडलका झक्कड थापा नेपालगंजमा अटो रिक्सा चलाउदै …(भिडियो)

काठमाडौं । नेपाल आइडलको एक चर्चित नाम हो झक्कड थापा । उनको गायकीलाई भन्दा पनि रमाइलोको हिसाबले सबै ले निकै रुचाए । नेपाल आइडल सिजन एक पछि उनि मजदुरी गर्न भारत गए । तर नेपाल आइडल सिजन २ सुरु भएपछि उनि फेरी चर्चामा आए ।

काठमाडौँ आएर गीत संगीतमा केहि गर्छु भने तर सोचे जस्तो काम नपाएपछि उनि फेरी मिडियाबाट हराएका थिए । तर आजभोली उनले आफैले अटो रिक्सा किनेर चलाई रहेका भेटिएको छ । काठमाडौँ आएर पनि जे काम भएपनि जिउ पाल्नका लागि गर्न तयार भएका थापा अहिले नेपालगंजमा अटो रिक्सा चलाई रहेका छन् । उनले अटो रिक्सा चलाउन थालेको दुई हप्ता मात्रै हुदै छ ।

झक्कड थापाको सानै उमेरमा विवाह भएको थियो र अहिले उनका दुई छोरा छन्। आफूले ज्याला मजदुरी गरेर भएपनि छोराहरुलाई केही बनाउने उनको रहर छ।