प्रहरी कारबाहीमा ४० जना आतङ्कवादी मारिए !

गीजा, इजिप्ट, १४ पुस । पर्यटक चढेको बसमा बम आक्रामण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् ।

इजिप्टको गीजामा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको जनाएको हुन् ।

शुक्रबार गरिएको आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । त्यसैगरी बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

इजिप्टका पिरामिडहरु रहेको गीजा शहर पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो । सोहि ठाउँ भ्रमणका लागी पर्यटक गिजातर्फा जाँदै थिए ।

सुरक्षा स्रोतका अनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपी, बम आक्रमणको भने कसैले जिम्मेवारी लिएको छैन ।