समुदाय-प्रहरी साझेदारी अवधारणबारे जवाफदेहिता र सुशासन प्रवर्धन गर्नको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम

– आलोक यादव

सिरहा, १४ पुस। जिल्ला सिराहा नगरपालिका सिराहा वडा नं १ स्थित चन्द्र उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रुद्र प्रसाद पण्डितज्यू, प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठज्यू, सिराहा जिल्ला स्थित नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु तथा उप-प्रमुखज्यूहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, स्थानीय सञ्चारकर्मी तथा स्थानीय भद्र भलाद्‌मी एवम् सर्वसाधारणहरु समेतको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “समाजमा प्रहरीको जवाफदेहिता र सुशासन प्रवर्धन गर्नको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम” सम्पन्न भयो।