पुर्व राजाको पक्षमा हजारौको प्रदर्शन, हिम्मत भए पुर्व राजालाई जेल हाल्न युवाहरुको चुनौती

काठमाडौं, १४ पुस । स्वर्गीय राजा वीरेन्द्र बिरबिक्रम शाहदेवको ७४ औं जन्मजयन्तीको अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत मोटरसाइकल र्याली निकालेको छ । सैयौको संख्यामा निस्केको र्याली ललितपुरको लगनखेलबाट सुरु भएर जाउलाखेलमा रहेको बिरेन्द्रको शालीक सम्म पुगेको थियो।

२०५८ जेठ १९ गते भएको दरवार हत्याकाण्डमा राजा विरेन्द्रको वंशनास भएको थियो ।

आज आयोजित कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले गणतन्त्रको घोर बिरोध गरेका थिए । उनले गणतन्त्र ल्याउने नेताहरुलाई भेडाको संघ्या पनि दिएका थिए ।

गणतन्त्र फेल खाएको बेला राजा ल्याउनु पर्ने उनको जिकिर छ । हेर्नुहोस भिडियो :