वास्तविक प्रेम कथामा आधारित बोबी २ बन्ने पक्का, चैत्र पहिलो साताबाट छायांकन शुरु

काठमाडौँ, १४ पुस । बास्तविक प्रेम कथामा आधारीत फिल्म बोबीको सिक्वेल बन्ने निश्चित भएको छ ।

बोबी मा बाँकी रहेको कथालाई बोबी २ मा प्[उर्नता दिइने उद्देश्यले बोबी २ बन्ने भएको हो ।

फिल्म बोबी २ को निर्माण तथा निर्देशन मिलन चाम्सले गर्नेछन् । निर्माता तथा निर्देशक चाम्सका अनुसार ‘बोबी २ मा उमेशको संघर्ष र सफलताको रोचक कथा हुनेछ ।

नरेश भट्टराई र गिरीराज घिमिरेले स्क्रिप्ट लेख्नेछन् भने छायाँकन सुदीप बरालले गर्नेछन् । फिल्मको सम्पूर्ण छायाँकन नेपाल र नर्वेमा हुने चाम्सले बताए । बोबी २ को छायाँकन चैतको पहिलो सातादेखि सुरु हुने भएको छ ।

फिल्ममा कविता गुरुंग, उमेश थापा, छोरा एलिश थापासंगै कलाकार विजय लामाको अभिनय रहनेछ । उमेश र कविताको ‘बोबी’लाई देश तथा विदेशका दर्शकले रुचाएका थिए ।