कुखुरालाई पनि स्विटर लगाइदिएपछि …!

काठमाडौँ , १४ पुस । जाडोबाट बच्न मानिसले न्यानो लुगा लागाउने गरिन्छ । मानिसबाहेक जनावरलाई पनि न्यानो बनाउन यदाकदा लुगा लगाइदिने गरेको हामीले देखेका छौं । जनावरमध्ये पनि बिशेष गरेर घरमा पालिएको कुकुरलाई लुगा लगाईदिइन्छ । तर तपाइँलाई थाहा छ? एक महिलाले कुखुरालाई पनि लुगा लगाईदिएकी छिन् ।

इङ्गल्याण्डकी एक महिलाले आफनो कुखुराहलाई चिसोबाट बचाउनका लागि स्विटर लगाइदिने गरेकी छिन् ।

उनले आफनो कुखुराहरुलाई चिसो नलागोस भनेर आफैले बुनेर स्विटर लगाइ दिने गरेकी हुन् । साथै उनले अरुको कुखुराको लागि पनि स्वेटर बुनेर बेच्ने गरेकी छिन् ।