सडक पार गर्दा गर्दै बालकलाई यसरी कारले किच्यो, सार्बजनिक भयो लाइभ भिडियो ! (भिडियो सहित)

असम, १४ पुस । भारतको सबैभन्दा लामो रेल रोड पुल बोगिबिलमा शुक्रबार भएको दर्दनाक दुर्घटनाको भिडियो सार्वजनिक भएको छ ।

असमको डिब्रुगढनजिकै बनेको उक्त रोडमा एक बालक सडक पार गर्नको लागि अगाडि बढ्नासाथ एक तीब्र गतिको कारले उनलाई किचेको थियो ।

समाचारमा जनाइएअनुसार कारको ठक्करबाट घाइते बालकलाई पहिले उपचारको लागि डिब्रुगढको आस्था अस्पताल लगिएको थियो । पछि उनलाई असम मेडिकल कलेज रिफर गरियो । उनको अवस्था निकै गम्भीर रहेको समाचारमा जनाइएको छ ।

यो पूरै घटना कारभित्र जडान गरिएको एक क्यामेरामा रेकर्ड भएको हो । यही डिसेम्बर २५ मा मात्र यो पुलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए ।

उक्त दुर्घटनाको भिडियो हेर्नुहोस् :