धागो उद्योगमा आगलागी, २ करोडको क्षेती

काठमाडौं, १४ पुस । काठमाडौंको गोकर्णेश्वरस्ठित भगवती धागो उद्योगमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर शनिबार बिहान सवा ४ बजे उद्योगमा आगलागी भएको हो ।

भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सो उद्योग सञ्चानल गर्दै आएका थिए ।

आगालागीबाट २ करोड रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी प्रभाग काठमाडौले जनाएको छ ।

आगलागीबाट मेसिन,जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।