भोजपुरबाट धरान हिंडेको बस ब्रेक फेल भइ सडकमै पल्टियो : एकको मृत्यु, आठ घाइते !

भोजपुर, १४ पुस । भोजपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भोजपुर सदरमुकामबाट धरानका लागि छुटेको को १ ख ३०५९ नम्बरको यात्रुबस देउराली चोकनजिकै दुर्घटना भएको हो ।

ब्रेक फेल भएर बस अनियन्त्रित भइ सडकमै पल्टिएको हो । दुर्घटनामा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

बसमा सवार १८ जना यात्रुमध्ये आठजना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।