३ सातादेखि बाबा अस्पतालको बेडमा बेहोस,परिवारको बिचल्ली, छोराछोरी रुँदै मिडियामा (भिडियो)

काठमाडौँ । कालिकोका नेत्र खड्का अस्पतालमा करिब ३ साता देखि बिहोस अवस्थामा छन् । घास काट्न गएका खड्का रुख बाट लडेर टाउकोमा चोट लागि गम्भीर घाइते भएका खड्काको काठमाण्डौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराईरहेका छन् । आर्थिक स्थित्ति कम्जोर भएपछि उपचार गर्न समस्या परेको उनका छोरी सदिक्षा खड्काले बताए । बाबालाई बचाइदिन कालिकोटकी सदिक्षा खड्काले सबैसँग आग्रह गरेकी छन् ।

कालिकोट कोचालझरना गाउँपालिका वडा नम्बर १ बस्ने नेत्र खड्का अहिले काठमाण्डौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा उपचार गराईरहेका छन् । उनी विगत २३ दिनदेखि बेहोश छन् । ‘टाउकोको हड्डी निकालेर पेटमा राखिएको डा.हरुले बताएका छन्’ छोरी सदिक्षाले भनिन्, ‘अब थप उपचारको लागि हामीसँगै पैसा छैन ।’ नेत्र खड्काको ५ छोरी र १ छोरा छन् । पाँच छोरी मध्ये २ को विवाह भइसकेको छ । उनको जम्मा ७ बर्षको छोरा छन् ।

कालिकोटबाट उपचारको लागि आएका उनका भतिजा सरोज खड्काले बाबाको उपचारको लागि आर्थिक अभाव भएको बताएका छन् । ‘अहिले सम्म ऋण खोजेर ल्याएको सबै सकियो’ उनले भने, ‘उपचार अझै बाँकी छ ।