मिस अफ्रीका जित्ने सुन्दरीको कपालमै आगो सल्किएपछि मच्चियो… (भिडियो)

एजेन्सी। एक सौन्दर्य प्रतियोगिताको क्रममा भएको घटनाले जो-कोहिलाई अचम्मित बनाउन सक्छ। एक सौन्दर्य प्रतियोगिता क्रममा सुन्दरीको कपालमा आगो लागेको दृश्य सहितको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ।

मिस अफ्रीका २०१८ को ताज जित्न सफल भएकी डोरकास(Dorcas Kasinde) को कपालमा आगो लागेको हो। मिस अफ्रीका २०१८ घोषणा भएसँगै गरिएको आतिसबाजीको क्रममा उनको कपालमा आगो सल्किएको हो।

कङ्गो देशलाई प्रतिनिधित्व गर्ने उनी मिस अफ्रीका २०१८ चुनिएकी थिइन्। खुशीले रुँदै अर्की प्रतिष्पर्धीलाई अंगालो हाल्दै गर्दा उनको कपालमा आगो सल्किएको भिडियोमा देख्न सकिन्छ।

तत्कालै उनको कपालमा सल्केको आगो नियन्त्रणमा लिइएको थियो भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्। कपालमा लागेको आगो देखेपछि उनी चिच्याउँदै गर्दा अर्का एक व्यक्ति आएर आयो निभाएका थिए।

यस घटनाको वावजुत उनी सकुला छिन्। आफू ठिक-ठाक रहेको भन्दै सामाजिक संजालमा एक भिडियो पनि पोष्ट गरिन्। भिडियोमा उनी भन्छिन्,” म ठिक छु। मेरो कपाल….ठिकै छ। म अहिले राम्रो अनुभव गरिरहेको छु।”

मिस अफ्रीका बन्दै उनले ३५ हजार डलर जितेकी थिइन् भने एक सवारी पनि उनलाई प्रदान गरिएको छ।