अष्ट्रेलियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली युवा क्रिकेटर सन्दिपले स्टेडियममै आफ्नो गीत गाउँदै गरेको भिडियो हेर्नुहोस्

काठमाडौँ। नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने यतिबेला अस्ट्रेलियन लिग बिग ब्याशमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। अष्ट्रेलियाको बिग ब्यास लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै सन्दिप मेलबर्न स्टार्स क्लबमा अनुबन्धित भएका थिए।

क्रिकेट खेल्ने मात्र नभई सङ्गीतमा पनि रूची राख्ने सन्दिपले पहिलो एल्बम पनि निकालिसकेका छन्। सन्दिपको गायनको कदर गर्दै मेलबर्नले आफ्नो फेसबुक पेजमा गित गाउदै गरेको भिडियो पोष्ट गरेको छ।

अस्ट्रेलियन क्रिकेट खेलाडी डैनियलसँग सन्दिपले गीत गाउदै गरेका देख्न सकिन्छ । उनले आफ्नो गीत “यो झरीमा” गाएर सुनाए साथै गीत को भाव पनि बुझाए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् !