तपाइँलाई सुन्तला मन पर्छ कि आँप ? त्यसबाट थाहा हुन्छ तपाइँको स्वभाव

काठमाडौं, १४ पुस । प्रत्येक मानिस आ -आफ्नै स्वभावको हुन्छ । कुनै मानिसको स्वभाव थाहा पाउन हामीले उ संग संगत गर्नु पर्नेहुन्छ । हुन त जसको स्वभाव जस्तो भए पनि मतलब हुँदैन भन्ने मानिस पनि हामि भेट्छौं । त्यो पनि ठिकै हो तर कसैलाई हामीले आफ्नो साथि बनाउने वा जीवनसाथी नै बनाउने सोच बनाएका छौं भने उसको  आनीबानी थाहा पाउनु पर्ने नै हुन्छ । यसका लागि आज हामीले तपाइँलाई सटिक टिप्स दिन लागिरहेका छौं ।

भनिन्छ व्यक्तिको खाने कुरामा हुने रुचीअनुसार पनि उसको स्वभाव पत्ता लगाउन सकिन्छ । बिशेषत कसले कुन फल बढी मन पराउँछ त्यस अनुसार उसको रुची थाहा पाउन सकिन्छ । अब आउनुहोस् कस्तो स्वभाव हुने व्यक्तिले कुन फल खान रुचाउँछ, त्यसको बारेमा जानकारी लिउं ।

१. सुन्तला:

सुन्तला मन पराउने मानिसहरू कडा मेहेनत गर्नसक्ने खालका हुन्छन् । काम ढिलो-ढिलो गरी गर्ने गर्छन् तर निकै राम्रोसँग उक्त कामलाई सम्पन्न गर्छन् । केही लजालु स्वभावका हुन्छन् । आफ्नो मनको कुरा प्राय खुलस्त बाहिर ल्याउँदैनन् । यस्तै उनीहरु निकै मिलनसार पनि हुन्छन् । बहस र लडाईबाट टाढा नै रहन रूचाउँछन् । सुन्तला मन पराउने व्यक्तिहरू चाडै साथी बनाउन सक्ने र अर्काको विचारमा चाँडै प्रभावित हुने गर्छन् । सुन्तला मन पराउनेहरुले जीवनमा धेरै पटक ठक्कर समेत खाने गर्छन् ।

२. केरा:

जसरी केरा निकै नरम र कोमल हुन्छ त्यसरी नै केरा मन पराउने मानिसहरू पनि नरम र कोमल स्वभावका हुन्छन् । केरा मन पराउने मानिसहरू बाहिरबाट जति कठोर देखिएपनि भीत्रि मन कमलो हुन्छ । शान्त भएर काम गर्ने यीनीहरुको बानी हुन्छ । जीवनमा आउने ठूला संकटलाई पनि धैर्यपूर्वक सुल्झाउने गर्छन् । यी मानिसहरुले आफू पनि सुखी रहन्छन् र अरूलाई पनि सुखी राख्ने गर्छन् ।

३. स्याउ:

स्याउ खान मन पराउने मानिसहरू बढी स्वस्थ हुन्छन् र समाजमा आफ्नो निकै राम्रो प्रभाव बनाउन सफल हुन्छन् । यीनीहरु निर्णय लिने काम एकदमै चाडो गर्ने गर्छन् । आफ्नो वरिपरी हुने घटनाहरुलाई निकै नजिकबाट नियाल्ने गर्दछन् भने काम गर्ने क्षमता पनि निकै राम्रो हुन्छ । यिनीहरू आफ्नो साथी, प्रेमी या प्रेमीकालाई खुसी राख्ने प्रयास गर्छन् । आफ्नो मनको कुरा मनमा रोक्न सक्दैनन् । यिनीहरुको नेतृत्व गर्ने क्षमता निकै उत्कृष्ट हुन्छ ।

४. अंगुर:

अंगुर खान मन पराउने मानिसहरू प्राय अल्छी हुने गर्छन् । जसरी अंगुर खान कुनै दु:ख हुँदैन त्यस्तै सुख उनीहरु पनि चाहन्छन् । यदी काममा बढी दवाव आयो पनि रिसाउने खालका हुन्छन् । सुन्दरताका अगाडि निकै नै चाडो झुक्ने गर्छन् अंगुर मन पराउने मानिसहरू भने अरूलाई पनि आफूप्रति आकर्षित गर्ने खालका हुन्छन् । यिनीहरु काम गर्न गाह्रो मान्छन् तर सुरू गरेको कामलाई पूरा गरेरै छाड्ने प्रवृती हुन्छ ।

५. नरिवल:

जसलाई नरिवल मन पर्छ, उनीहरू कल्पनाशिल, शतर्क र चलाख हुन्छन् । जिद्दी बढी गर्ने, प्रेममा भावुक हुने खालका मानिसहरू हुन्छन् । आफ्नो मेहेनत र बुद्धीका कारण धेरै सफलता हाँसिल गर्छन् ।

६. मेवाः

मेवा मन पराउने मानिसहरू प्राय निडर हुन्छन् । उनीहरू निकै मिलनसार र हसिलो हुन्छन्, यसकारण उनीहरू लामो समयसम्म अरूको मनमा रहन सफल हुन्छन् । उनीहरूलाई कामका सिलसिलामा मस्ति र रमाइलो गर्ने कुरा मन पर्देन । सही समयमा सही ठाऊँमा रहन सक्ने गुण हुन्छ ।

७. आँपः

आँप मन पराउने व्यक्तिहरू प्राय आफ्नो विचारमा अडिग रहन्छन् । उनीहरुको विचार र फैसलामाथि अड्चन ल्याउन निकै कठीन हुन्छ । स्थितिलाई आफ्नो अनुसार ढाल्न सक्ने खुवी पनि यीनीहरुमा हुन्छ । आँप मन पराउने मानिसहरू चुनौतीपूर्ण कामलाई पहिले गर्न रूचाउँछन् ।