रोनाल्डोलाई मेस्सीको गतिलो जवाफ: म बार्सिलोना कुनै पनि हालतमा छाड्दिन

काठमाडौं । विश्व फुटबल जगतमा यी दुई व्यक्तिको नाम जहिले पनि दाजिने गरिन्छ एक मेस्सी र अर्का रोनाल्डो । यी दुई खेलाडीहरु उत्तिकै क्षमतावान र उत्कृष्ट छन् । तर बेला बेलामा उनीहरुबीच केहि प्रतिष्पर्धाहरु देखिन्छ । त्यस्तै यसै बर्ष स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले मेस्सी इटालियन सिरी ए क्लब आएको आफूले हेर्न चाहेको र फेरि प्रतिस्पर्धा गर्ने मन रहेको बताएका थिए ।

त्यसको जवाफमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले रोनाल्डोलाई आफूलाई टिम परिवर्तन आवश्यक नरहेको बताएका छन् । उनले लिग पनि परिवर्तन नगर्ने बताएका छन् । लियोनल मेस्सीले खेलको सुरुवात र अन्त्य पनि बार्सिलोनाबाटै पटक-पटक बताउने गरेका छन् ।

स्पेनिस पत्रकार मार्कालाई अन्तर्वार्ता दिँदै मेस्सीले भनेका छन्, ‘मलाई कुनै पनि क्लव र खेल परिवर्तन गर्नु आवश्यक छैन । म घरमै छु ।’

मेस्सीले बारम्बार बार्सिलोनाबाटै आफ्नो खेल जीवन अन्त्य गर्न चाहेको बताउने गरेका छन् । मेस्सीले यो सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरिसकेका छन् । साथै १३ गोल उनकै सहयोगमा भएका छन् ।