आज चर्चित बलिउड स्टार सलमान खानको जन्मदिन ! खानको बर्थडे पार्टीमा अभिनेत्री कट्रिना कैपदेखि मलाईका अरोरा खानसम्म उपस्थित

काठमाडौँ – आज चर्चित बलिउड स्टार सलमान खानको जन्मदिन परेको छ । सलमान आजबाट ५३ वर्षमा प्रवशे गरेका छन । उनको जन्म २७ डिसेम्बर १९६५ मा भएको हो ।अभिनेता सलमान खानले आज बर्थडे मनाउँदैछन् । उनले आफ्नो जन्मदिनको पार्टी बुधबार राति नै आयोजना गरेका छन् ।उनले आफ्नो फार्म हाउसमा भव्य पार्टी दिएका हुन् ।

अभिनेता सलमान खानको बर्थडे पार्टीमा अभिनेत्री कट्रिना कैपदेखि मलाईका अरोरा खानसम्म उपस्थित भएका थिए । यस्तै अभिनेता अनिल कपुर तथा अभिनेत्रीहरु सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय पनि पार्टीमा पुगेका थिए ।उनको शो बिग बोस अहिले चर्चामा छ ।