पोखराका रबि लामिछाने भनेर चिनिने पत्रकार अपिल त्रिपाठीले यी गरिब महिलाको घर बनाई दिए (भिडियो)

पोखरा। पोखराका रबि लामिछाने भनेर चिनिने गण्डकी टेलिभिजनका पत्रकार अपिल त्रिपाठीले संचालन गर्दै आएको गण्डकी छड्के नामक कार्यक्रम निक्कै पपुलर हुदै गइरहेको छ। उनले पोखरा वरिपरी हुने अपराधिक क्रियाकलाप र ब्यतिथिको पर्दाफास गर्दै आएका छन ।

अपिलले अन्याय अत्याचार बिरुद्द मात्र हैन सामाजिक सेवा पनि गर्न थालेका छन् । यसै सिलसिलामा गिटि बालुवा चाल्दै आएकी पोखराकी एक अत्यन्तै गरिब महिला रिना मगरका लागि उनको पहलमा घर बनाइदिएका छन् । चिटिक्क परेको घर उनि लगायत वडा अध्यक्षको पहल तथा देश विदेशमा रहेका मनकारी महानुभावले पठाएको आर्थिक सहयोगबाट सम्भव भएको हो । एक अपाङ्ग छोरी सहित टहरामा अत्यन्तै कष्टकर जीवन बिताईरहेकी उनले नया घर पाएकी छन । घर हस्तानतरणको भिडियो हेर्नुहोस :