भन्सार छलेर ल्याएको मोटरसाइकल र ठुलो मात्रामा लागूऔषध सिरहाबाट बरामद

– आलोक यादव

सिरहा, १४ पुस ।सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रवार मोटरसाइकलसहित ठुलो मात्रा मा लागूऔषध बरामद गरेको छ । प्रहरीले सिरहा नगरपालिका–७ स्थित भित्री सडकखण्डबाट स२प ९६२६ नम्बर मोटरसाइकल र त्यही मोटरसाइकलबाट झोलामा राखिएको डाइलेक्स डिसी लेखिएको सय एमएलको १११ बोतल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।

बरामद गरिएको लागूऔषध र मोटरसाइकल जिल्ला प्रहरीमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले सिरहा नगरपालिका–१७ स्थित दशगजाबाट बिआर १ जिए ४३१५ नम्बरको भारतीय ट्रकमा लोड गरिएको २१० बोरा हरियो मटरसहित ट्रक नियन्त्रणमा लिएको छ ।

शंकास्पद ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसी माधवराज खरेलले जानकारी गराए । उनका अनुसार बरामद गरिएको हरियो मटर र सवारी साधन आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ । . ४/५ दिन अगाडी पनि भारत तस्करी भइरहेको मरिच ३२६६ के.जि. , केराउ १६०० के.जि. , स १ त २८०१ नम्बरको टयाकटर १ थान र ना. ४ .ख.३२० नम्बरको ट्रक १ थान समेत नियन्त्रणमा लिएको थियो सिरहाको नाका बाट ।