ऋषि धमलाद्वारा संचालित कार्यक्रम ‘जनता जान्न चाहान्छ’ कार्यक्रममा रामबहादुर बम्जनको बारेमा कुरा हुँदा कार्यक्रमस्थलमै हात हालाहाल ! (भिडियोसहित)

काठमाडौं, १४ पुस । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।

बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले आज काठमाडौंमा पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन ।

यसै सन्दर्भमा बम्जनलाई नजिकबाट चिन्ने २ जना व्यक्ति र बम्जन परिवारसंग बरिष्ठ पत्रकार ऋषि धमलाले कुराकानी गर्दा बम्जन पक्ष र विपक्षबीच अन्तर्वार्तास्थलमै झन्डै हात हालाहालको स्थिति भएको छ ।

भिडियो हेर्नुहोस् :