भवानी राणा जस्तै आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिलाहरु को-को छन् ? जान्नुहोस्

काठमाडौं, १४ पुस । उमेरले तीन दशक नपुगेकादेखि ८ दशक उमेर काटेका महिला समेत नेपालका उद्योगमा चम्केका छन् । यसकै उदाहरण बनेकी छन् भवानी राणा, जो नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने पहिलो महिला हुन् ।

राणा जस्तै उद्यममा चम्केका महिला भने अरु पनि छन् । कसैले पाँच तारे होटल चलाएका छन्, कसैले उत्कृष्ट बुटिक, कोही विश्वका प्रिमियर ब्राण्ड हाँकिरहेका छन् ।

अन्य उद्योगी व्यवसायीमा, सिर्जना ज्योति, ज्योत्स्ना श्रेष्ठ, कमला श्रेष्ठ, शारदा रिजाल, रितुसिंह बैद्य, सीमा गोल्छा, सिर्जना राणा, छाया शर्मा, अजुला आचार्य, श्वेता खड्का, रीता भण्डारी, विदुषी राण, अन्जना ताम्राकार, मेघा चौधरी, अम्बिका श्रेष्ठ, प्रमिला आचार्य, आश्था र आरजु बस्नेत, शोभा गुरुङ, सुरुचि ज्योति, नीरा श्रेष्ठ, लतिका गोल्यान, एकता गोल्छा लगायतका महिला नेपालका सफल उद्यमी हुन् ।

कतिपय महिला त देशमा नयाँ व्यवसायको ट्रन्ड सेन्टर र नयाँ पुस्ताको प्रेरणासमेत बनेका छन् ।